
मधेसखबर
वीरगन्ज, ०१ जेठ : पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ मा नेकपा एमालेका रामशरण खवास विजयी भएका छन् ।
आइतवार अपरान्ह सकिएको उक्त वडाको मतगणनामा १ हजार २ सय ८८ मतका साथ वडा अध्यक्षमा खवास निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी ननेपाली काँग्रेसका उम्मेदवारले ९ सय ३३ मत मात्रै प्राप्त गरेका छन् । उक्त वडाको महिला सदस्य , दलित महिला सदस्य र दुइ खुल्ला सदस्यमा पनि एमालेकै उम्मेदवारहरु निर्वाचित भएका छन् ।

