Madhes Khabar
स्वास्थ्य

पर्सामा खोप ढुुवानी तथा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

वीरगन्ज,२३पुष: पर्सामा खोप ढुुवानी तथा भ्याक्सिन व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्साले प्रभावकारी भ्याक्सिन व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरेको हो ।

खोप ढुवानी गर्दा ध्यान दिनुपर्ने कुराहरुसँगै खोपको उचित व्यवस्थापन र सुरक्षित तवरले खोप ढुवानी गर्ने तरिका सिकाउने अभिप्रायले तालिमको आयोजना गरिएको स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरले बताए ।

तालिममा ३२ जना सहभागीहरुलाई खोप अधिकृत ठाकुरले प्रशिक्षण दिएका थिए । तालिममा सहभागी जिल्लाका १४ वटै स्थानीय तहका पालिकाका कार्यालय सहयोगीहरुलाई खोप कसरी फ्रिजमा राख्ने, निकाल्ने, ढुवानी गर्ने जस्ता प्राविधिक विषयमा प्रशिक्षण दिइएको ठाकुरले बताए ।

Related posts

कफ सिरपका कारण कतिपय देशमा जस्तै जोखिमका घटना नेपालमा हुन नदिन सरकारले के गर्दैछ ?

MadhesKhabar

वीरगन्जमा साहिब दरबारले फेरि सुरु गर्‍यो निःशुल्क आँखा शिविर

MadhesKhabar

विदाको निर्णयलाई अवज्ञा गर्ने विधालयलाई कारवाही

MadhesKhabar

Leave a Comment