Madhes Khabar
खेलकुद

वान डे क्रिकेटबाट सन्यास लिने वार्नरकाे घाेषणा

काठमाडौं,१६पुष:अस्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले करिअरको अन्तिम टेस्टसँगै एकदिवसीय(वान डे ) क्रिकेटबाट पनि सन्न्यासको घोषणा गरेका छन्। हाल वार्नरले आफ्नो अन्तिम टेस्ट सिरिज खेलिरहेका छन्।

तर यदि अस्ट्रेलियाले आफ्नो आवश्यकता महसुस गरेमा २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने उनले ढोका खुला राखेका छन्।

उनले सोमबार एससीजीमा भने, ‘म पक्कै पनि एकदिवसीय क्रिकेटबाट सन्न्यास लिँदैछु। यो कुरा मैले विश्वकपमा भनेको थिएँ।’

अहमदाबादमा भारतविरुद्धको विश्वकप फाइनल उनको अन्तिम एकदिवसीय थियो। उनले एकदिवसीय खेलमा २२ शतक सहित ४५.३० को औषतमा ६९३२ रन बनाए।

वार्नर पुरुष एकदिवसीयमा अस्ट्रेलियाका लागि छैटौं सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनी अस्ट्रेलियाका लागि सर्वाधिक एकदिवसीय शतक बनाउने ब्याटरको सूचीमा दोस्रो स्थानमा छ। वार्नरभन्दा २०५ ओडीआई इनिङ्स खेल्ने रिकी पोन्टिङ शीर्ष स्थानमा छन्।

Related posts

तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल : वीरगन्ज चितवनसंग पराजित

MadhesKhabar

फुटबलप्रति बालबालिकाको आकर्षण बढाउन बारामा ‘फिफा फुटबल फर स्कुल’ सुरु

MadhesKhabar

वीरगन्ज र जनकपुरमा जारी जय ट्रफीको पहिलो खेलमै चम्किएका खेलाडीहरू

MadhesKhabar

Leave a Comment