Madhes Khabar
स्थानिय

पर्सामा जसपा निकट समाजवादी दलित मुक्ति संगठन गठन

वीरगन्ज,१५पुष: पर्सामा जसपा निकट दलित समुदायकाे भेलाले समाजवादी दलित मुक्ति संगठन गरेकाे छ।

सखुवाप्रसैनी गाउँपालिकामा शनिबार आयाेजित भेलाले नरेन्द्र हाजरा पासवानको अध्यक्षतामा २१ सदस्यीय समाजवादी दलित मुक्ति संगठनकाे जिल्ला कार्यसमिति गठन गरेकाे हाे।संगठनकाे उपाध्यक्षमा जगत राम, सचिव गणेश राम तथा सदस्यमा चन्द्रभूषण पासवान,शान्ति देवी राम लगायत रहेका छन्।

भेलामा प्रमुख अतिथिका रुपमा सम्बाेधन गर्दै जसपाका राजनीतिक समिति सदस्य एवं संगठनका केन्द्रिय इन्चार्ज चन्देश्वर पासवानले कार्यक्रमलाई सम्बोधन गर्दै पर्सामापनि संगठनलाई चुस्तदुरुस्त बनाउन निर्देशन दिए।उनले जसपाकै कारण राजनीति र राज्यको मुल प्रवाहमा दलितहरुको सहभागीता बढेको दाबी गरे।मुलुक संघीयतामा गएपनि स्थानीय तहले दलितहरुका मुद्दालाई अझै सम्बोधन नगरेको भन्दै उनले त्यसका लागी समाजवादी दलित मुक्ति संगठन अगाडि आउने बताए ।

कार्यक्रममा जसपाका राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचिव तबरेज अहमद, समाजवादी दलित मुक्ति संगठनका मधेस प्रदेश अध्यक्ष राम महरा, सखुवाप्रसैनी गाँउपालिकाका जसपा अध्यक्ष अध्यक्ष प्रदिप जयसवाल, युवा नेता असलम आलम लगायतकाेसमेत उपस्थिती थियो ।

Related posts

पर्साकाे एकटांगामा २३९ जना सुकुम्बासीलाई निस्सा वितरण

MadhesKhabar

वीरगन्जसहितका क्षेत्रमा केही दिन अझै गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

MadhesKhabar

लामखुट्टेको प्रकोप बढेपछि फाल्गुन २४ देखि विषादी छर्ने वीरगन्ज महानगरको तयारी

MadhesKhabar

Leave a Comment