Madhes Khabar
स्थानिय

प्रधानपञ्चकाे निधनमा ठाेरी गाँउपालिकामा शुक्रबार विदा

वीरगन्ज ,२१भदाैं: पर्साकाे ठाेरी गाँउपालिकामा शुक्रबार शाेक विदा दिइएकाे छ ।

तत्कालीन ठाेरी गाँउपञ्चायतका प्रधानपञ्च सुबेदार दलबहादुर क्षेत्रीकाे निधन भएकाे शाेकमा ठाेरी गाँउपालिकाले शुक्रबार विदा दिइएकाे हाे ।

कास्कीको घान्द्रुकमा विक्रम संवत १९८२ मंसिर २७ गते जन्मिएका क्षेत्रीकाे ९८ वर्षकाे उमेरमा आफ्नै निवासमा बिहीबार निधन भएकाे हाे ।

प्रधानपञ्च क्षेत्रीकाे निधन भएकाे शाेकमा ठाेरी गाँउपालिकाकाे गाँउपालिकाकाे कार्यालय , मातहतका वडा कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा शुक्रबार शाेक विदा दिने निर्णय गरिएको ठाेरी गाँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले बुधबार जारी गरेकाे सुचनामा उल्लेख छ ।

Related posts

वीरगन्जकाे इनर्वाबाट गाँजासहितकाे भारतीय ट्रक र चालक पक्राउ

MadhesKhabar

पर्साको ठोरीमा नमूना मतदान, सिडिओले पनि हाले भोट

MadhesKhabar

बाख्राको मासुलाई खसीको मासु भन्दै झुक्यायर बेच्नेलाई कारबाही गर्ने वीरगन्ज महानगरको चेतावनी

MadhesKhabar

Leave a Comment