Madhes Khabar
स्थानिय

पर्सामा पत्रकार महासंघको चुनावमा हारे प्रेस चाैतारीकाे जिल्ला समिति भङ्ग गरिदिने अध्यक्ष बस्नेतकाे चेतावनी

वीरगन्ज,१३पुष: प्रेस चाैतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघको आगामी निर्वाचनमा हार व्यहाेरे प्रेस चाैतारी पर्साकाे जिल्ला कार्य समिति नै भङ्गढ गरिदिने चेतावनी दिएका छन्।

शुक्रबार वीरगन्जमा प्रेस चाैतारी नेपाल पर्साकाे विशेष जिल्ला अधिवेशनकाे उद्घाटन सत्रलाई सम्बाेधन गर्दै केन्द्रीय अध्यक्ष बस्नेतले पत्रकार महासंघको आगामी निर्वाचनमा पर्सामा चाैतारीकाे विरासत जाेगाउन नसके चाैतारीकाे जिल्ला कार्य समिति नै भङ्ग गरिदिने चेतावनी दिएका हुन्।उनले पर्सामा चाैतारीका नेताहरुबिचकाे द्वन्द्व र विवाद आपसी सहमतिमा अन्त्य गर्न निर्देशनपनि दिए।

अध्यक्ष बस्नेतले सबै एकजुट भएमात्र पर्सामा चाैतारीकाे विरासत जाेगीई रहने र चाैतारीका सामु कुनै संगठन नटिक्ने दाबी समेत गरे।

प्रेस चाैतारीका जिल्ला अध्यक्ष श्याम बञ्जाराकाे अध्यक्षता तथा केन्द्रीय अध्यक्ष बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे उद्घाटन सत्रमा सांसद तथा एमाले नेता राजकुमार गुप्ता, संविधानसभा सदस्य जयप्रकाश थारु, एमाले नेता डाक्टर विश्वम्भर शर्मा,नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चाैहान, प्रेस चाैतारीका केन्द्रीय सदस्य केसी लामिछाने लगायतको पनि उपस्थिति थियाे।

अहिले बन्दसत्र चलिरहेको अधिवेशनले प्रेस चाैतारी पर्साकाे नयाँ नेतृत्व चयन गर्नेछ।अध्यक्षका लागि महेशचन्द्र गाैतम र तुलसी भण्डार आकांक्षी देखिएका छन् ।

Related posts

विदेश पठाउन दिएकाे रकम फिर्ता नगर्ने एजेन्टलाई बन्धक बनाएर राखेका ४ जना वीरगन्जमा पक्राउ

MadhesKhabar

खुल्ला स्थानमा शाैच गर्ने प्रवृत्ति निरुत्साहित गर्न महिलाहरुलाई जनचेतनामूलक कार्यक्रम

MadhesKhabar

पर्साकाे बिजवनियाबाट तस्करीकाे २० वटा पशु चाैपाया प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment