Madhes Khabar
खेलकुद

दिल्लीको प्रतियोगितामा वीरगन्जबाट सहभागी हुने खेलाडीहरुलाई सितोरियो कराँते संघले गर्यो विदाई

वीरगन्ज,११ पुष : भारतको दिल्लीमा हुन लागेको दिल्ली साउथ एसियन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीहरुलाई नेपाल सितोरियो कराते संघ पर्साले एक कार्यक्रमकाबीच विदाई गरेको छ ।

दिल्लीको प्रतियोगितामा भाग लिन वीरगन्जबाट ९ जनाको टोली दिल्लीका लागि प्रस्थान गर्नुअघि उनिहरुलाई मंगलबार एक कार्यक्रम गरी विदाई गरिएको नेपाल सितोरियो कराते संघ पर्साका उपाध्यक्ष सुवाष श्रेष्ठले जानकारी दिए ।खेलाडीहरुलाई फुल माला लगाएर विदाई गरिएको उनले बताए ।

विदाई कार्यक्रममा संघका अध्यक्ष सन्तोष सर्राफ र उपाध्यक्ष सुवास श्रेष्ठले खेलाडीलाई देशको नाम राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरुलाइ शुभकामना दिए ।विदाई कार्यक्रममा संघका सचिव उदय नारायण, सह–सचीव प्रेम गुरुङ,कोषाध्यक्ष राकेश श्रेष्ठ, प्रशिक्षक विकास साह, प्रशिक्षक नसिम अहमद,प्रशिक्षक राजु सर्राफ लगायतको सहभागिता थियो ।

Related posts

पञ्जाबमाथि मुम्बईकाे राेमाञ्चक जित

MadhesKhabar

मधेसको खेलकुद क्षेत्रले ठूलो क्षति व्यहोर्‍यो, अब भरपाई गर्नुपर्छ : खेलकुदमन्त्री जयसवाल

MadhesKhabar

प्रधानमन्त्री कप क्रिकेटमा मधेसको लगातार दोस्रो हार

MadhesKhabar

Leave a Comment