Madhes Khabar
स्थानिय

बारामा लागु औषधसहित चार जना पक्राउ

वीरगन्ज,९पुषः बाराका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ ।बजनी र निजगढबाट गरि चार जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय सिमराको टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नंबर ३ बजनीबाट प्रदेश २–०३–०१६ प ०८८८ नंम्बरको मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका १ का ४३ वर्षिय शंकर प्रसाद यादव र त्यसमा सवार २४ वर्षिय मनिषकुमार साहलाई ८ सय ९९ पिस लागु औषधसहित पक्राउ गरेको हो । उनिहरुको साथबाट फेनरागन २९६ पिस, डाईजेपाम ३०३ पिस र नोर्फिन ३०० पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नंबर ९ शहिद चोकबाट ट्रमालिन १ सय ८० पिस ट्याब्लेटसहित निजगढ ८ बुद्ध चोकका २० वर्षिय विवेक मोक्तान र जीतपुर सिमरा १६ टांगियावस्तीका २० वर्षिय सागर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Related posts

वीरगन्ज २६ मा फेरि काँग्रेसको कब्जा ,वडाध्यक्षमा मिश्रा पुन विजयी

MadhesKhabar

वीरगन्जमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

MadhesKhabar

वीरगन्ज महानगरको अवस्था बारे जनतालाइ जानकारी गराउन श्वेतपत्र जारी गरिने

MadhesKhabar

Leave a Comment