Madhes Khabar
स्थानिय

बारामा लागु औषधसहित चार जना पक्राउ

वीरगन्ज,९पुषः बाराका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ ।बजनी र निजगढबाट गरि चार जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय सिमराको टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नंबर ३ बजनीबाट प्रदेश २–०३–०१६ प ०८८८ नंम्बरको मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका १ का ४३ वर्षिय शंकर प्रसाद यादव र त्यसमा सवार २४ वर्षिय मनिषकुमार साहलाई ८ सय ९९ पिस लागु औषधसहित पक्राउ गरेको हो । उनिहरुको साथबाट फेनरागन २९६ पिस, डाईजेपाम ३०३ पिस र नोर्फिन ३०० पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नंबर ९ शहिद चोकबाट ट्रमालिन १ सय ८० पिस ट्याब्लेटसहित निजगढ ८ बुद्ध चोकका २० वर्षिय विवेक मोक्तान र जीतपुर सिमरा १६ टांगियावस्तीका २० वर्षिय सागर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Related posts

वीरगन्ज महानगरपालिकामा आज शोक बिदा

MadhesKhabar

रसुवाकाे बाढीमा बेपत्ता बाराका प्रहरी जवान ठाकुरको कुशको शव बनाएर गरियाे दाहसंस्कार

MadhesKhabar

सडकमा छाडा कुकुरका कारण सर्वसाधारण हैरान

MadhesKhabar

Leave a Comment