Madhes Khabar
धर्म/संस्कृति

छठ पर्ब मनाउनका लागि वीरगन्ज कारागारका महिला कैदीबन्दीहरुलाई पूजन सामग्री वितरण

वीरगन्ज,२८कार्तिक: वीरगन्ज कारागारमा रहेका महिला कैदीबन्दीहरुलाई छठ पर्ब मनाउन लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल पूजन सामग्री वितरण गरेकाे छ ।

 

सेस्मी एकेडेमी र विजयपथको सहयोगमा लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीले वीरगञ्ज कारागारमा रहेका ७२ जना महिला कैदीबन्दीहरूलाई छठ पुजामा प्रयोग हुने बाँसकाे नाङ्लाे, सुपली, नरिवल, फलफुल र श्रृङ्गारका सामग्रीहरु वितरण गरेको लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुनले जानकारी दिइन्।

लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुनकै अध्यक्षतामा भएकाे छठ पुजा सामग्री वितरण कार्यक्रममा वीरगन्ज कारागारका निमित्त प्रमुख नवराज बर्ताैला, लायन्स क्लब इन्टरनेशनलकी एरिया ट्रेजर आस्मा सिंह यादव, एम्बेस्डर अफ गभर्नर गुड्डी जोशी, जोन चेयरपर्सन विजय कुशवाहा, क्लबकी उपाध्यक्ष एवं प्रभु अस्पतालकी सञ्चालिका डा.लक्ष्मी थापा, लायन्स क्लबकी प्रोग्राम चेयरपर्सन मिना टिबडेवाल, सेस्मी एकेडेमीकी अध्यक्ष मेहर यादव, क्लबकी कोषाध्यक्ष देवन्ती साह,पत्रकार कविता खडका लगायतको सहभागिता रहेको थियो ।

Related posts

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

आज यमपञ्चककाे दाेस्राे दिन लक्ष्मी पूजा मनाइदैं

MadhesKhabar

इस्लाम धर्मावलम्बीहरुले आज बकर ईद पर्व मनाउँदै

MadhesKhabar

Leave a Comment