Madhes Khabar
खेलकुद

वीरगन्ज गाेल्डकप फुटबलमा आज नेपाल र भारतकाे महिला टिमबिच मैत्रीपूर्ण खेल

वीरगन्ज,२४कार्तिक : वीरगन्जमा जारी प्रथम वीरगन्ज गोल्डकप फुटबलमा आज शुक्रबार नेपाल र भारतका महिला फुटबल टिमबिच मैत्रीपूर्ण खेल हुदैछ ।

आदर्शनगर रंगशालामा आज दिउँसाे २.३० बजे नेपाल र भारतका महिला फुटबल टिमबिच मैत्रीपूर्ण खेल हुने आयाेजक भेट्रान सिटी क्लबका उपाध्यक्ष सागर राणाले जानकारी दिए।

गाेल्डकपकाे उपाधिका लागि फाइनल खेल भने शनिबार हुनेछ । फाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।

वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँका साथै शील्ड र मेडल प्राप्त गर्नेछन् ।

Related posts

बंगलादेशले नेपाललाई दियाे १०७ रनकाे लक्ष्य

MadhesKhabar

काेलकाताले तेस्राे पटक जित्याे आईपीएलकाे उपाधि

MadhesKhabar

एनपीएल :काठमाडौंमाथि चितवनको सहज जित

MadhesKhabar

Leave a Comment