Madhes Khabar
सुदूरपश्चिम प्रदेश

भारतमा ट्रकले ठक्कर दिदाँ सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु

सांकेतिक तस्बिर ।

सुर्खेत,१७कार्तिकः भारतमा भएको सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ।भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सुर्खेतको चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी पत्नि २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धडकन नेवार रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी दिए।दुर्घटनामा परी रतनका भाइबुहारी सुस्मिता नेवारको पनि मृत्यु भएको छ।

शुक्रबार उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिएको जानकारी आफूले पाएको अध्यक्ष विश्वकर्माले बताए।

उनीहरू सिजनमा परिवार नै रोजगारीका लागि भारत जाने गरेका थिए ।‘त्यहाँका कम्पनीहरूसँग समन्वय गरेर काम गर्ने गर्नुहुँदो रहेछ, यो सिजनको दसैंमा पनि उहाँको परिवार घर आएको थिएन,’ अध्यक्ष विश्वकर्माले भने।

उनका अनुसार आफन्तले शव बुझ्ने तयारी गरेका छन्। शव अन्त्येष्टिका लागि नेपाल ल्याउने वा नल्याउने भन्नेबारे टुंगो नलागेको उनले बताए ।साभार : सेतोपाटीबाट

Related posts

बाजुराको बाम्का बजारमा आगलागी हुदाँ कम्तिमा ४० पसल जलेर ध्वस्त

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

गोवामा सकुशल भेटिइन् मेयर हमालकी छोरी आरती

MadhesKhabar

Leave a Comment