Madhes Khabar
सुदूरपश्चिम प्रदेश

बैतडीमा जन्ती बाेकेकाे बस दुर्घटना हुदाँ ८ जनाकाे मृत्यु

बैतडी,२२माघ:बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

बैतडीकाे पुर्चौडी नगरपालिका वडा–७ को भौनीबाट जन्ती लिएर बझाङ फर्किंदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडीकै त्यही वडाको बडगाउँ घुम्तीमा दुर्घटना भएको ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी दिए ।

 

बस दुर्घटनामा परेर ४ जनाको घटनास्थलमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको रायले जानकारी दिए ।

मृत्यु हुनेहरूमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेश राज जोशी रहेका छन् । बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्त राज रतलाको पनि मृत्यु भएको छ ।

त्यस्तै, बैतडीको पुर्चौली नगरपालिका–७ का वर्षीया पुष्पा अवस्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ४५ जना घाइते भएका छन् । घाइतेहरूको उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

Related posts

गोवामा सकुशल भेटिइन् मेयर हमालकी छोरी आरती

MadhesKhabar

दार्चुलामा जीप दुर्घटना हुदाँ ८ जनाको मृत्यु

MadhesKhabar

धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्जमा कर्फ्यु

MadhesKhabar

Leave a Comment