Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेशका मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन युवक घाइते

सांकेतिक तस्बिर ।

सर्लाही,१५कार्तिकः मधेस प्रदेश सरकारका मन्त्री चढ्ने गाडीको ठक्करबाट सर्लाहीमा तीन युवक घाइते भएका छन् । जसमध्ये एकको अवस्था गम्भीर छ ।

सर्लाहीको बरहथवा नगरपालिका–९, मुक्तेश्वर चोकमा मधेस प्रदेश सरकारका ऊर्जा, सिंचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने मधेस प्रदेश ०२–००१ झ ०२४० नम्बरको जिपले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा बरहथवा नगरपालिका ५ बस्ने १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपालिका–५ मोहनपुर बस्ने १८ वर्षीय दीपक महतो र वाग्मती नगरपालिका–१० शंकरपुर बस्ने १९ वर्षीय अजय महतो घाइते भएका प्रहरीले जनाएको छ । घाइते तीनै जनाको वीरगन्जमा उपचार चलिरहेको छ । तीन घाइतेमध्ये अजयको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

दुर्घटनापछि गाडीका चालक फरार छन् । दुर्घटना के कति कारणले भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा हुइँकिएको मन्त्री चढ्ने जिपले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

तीव्र गतिका कारण युवाहरू सडकमै परसम्म बजारिएका थिए । दुर्घटनापछि चालक र त्यसमा सवार अन्य व्यक्ति गाडी छाडेर फरार भएपछि आक्रोशित स्थानीयले गाडीमा तोडफोडसमेत गरेका छन् । गाडी अहिले इलाका प्रहरी कार्यालय बरहथवामा लगेर राखिएको छ ।साभारः ईकान्तिपुरबाट

Related posts

मधेस प्रदेशमा तत्काल ५०० वटा ’डीप बोरिङ’ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा

MadhesKhabar

मधेसका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने

MadhesKhabar

सर्लाहीमा ३० लाखको गाँजासहित दुई जना पक्राउ

MadhesKhabar

Leave a Comment