Madhes Khabar
मधेस प्रदेश

मधेसका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने

धनुषा,२०असार:मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २२ गते विश्वासको मत लिने भएका छन् ।

सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले आगामी शनिबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

मधेस प्रदेशसभामा चौँथो ठूलो दलका रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । कूल एक सय सात सदस्य रहेको मधेस प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका नौ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नौ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात प्रदेशसभा सदस्य छन् ।साभार:ईकान्तिपुरबाट

Related posts

वीरगन्ज २३ मा जसपाको चुनावी घरदैलो

MadhesKhabar

लौरो अभियानकाे मधेस प्रदेश कमिटी गठन, सह संयाेजकमा गुड्डी जाेशी

MadhesKhabar

मधेसमा मधेसी दलको पत्तासाफ : मधेसका ३२ मध्ये ३० सीट बन्यो ‘ घण्टीमय ’

MadhesKhabar

Leave a Comment