Madhes Khabar
मधेस प्रदेश

लौरो अभियानकाे मधेस प्रदेश कमिटी गठन, सह संयाेजकमा गुड्डी जाेशी

वीरगन्ज ,३०पुस: हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले मधेस प्रदेश कमिटी गठन गरेको छ ।

शनिबार सम्पन्न पार्टीको भेलाले प्राध्यापक डाक्टर विरन्श बैठाको संयोजकत्वमा २५ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको सह संयोजकमा वीरगन्जकी गुड्डि जोशीलाई चयन गरिएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष ई. अनन्तराज घिमिरे, प्रवक्ता ई. रोहन कार्की, उपाध्यक्ष ई. अरुण रौनियार लगायतकाे सहभागीता थियाे।

कार्यक्रममा हालै सम्पन्न निर्वाचनको समीक्षा, भावी कार्यक्रमको योजना र संगठन विस्तार लगायतका विषयमा छलफल भएको सहसंयाेजक जाेशीले जानकारी दिइन् ।

Related posts

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने सिडिओसहितका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

MadhesKhabar

गाैरमा जमिनमा गाडेर लुकाइएकाे गाजा बरामद

MadhesKhabar

राष्ट्रिय युवा संघकाे मधेस प्रदेश अध्यक्षमा लव अधिकारी

MadhesKhabar

Leave a Comment