Madhes Khabar
राजनीति

तरुण दलकाे स्थापना दिवसमा वीरगन्जमा दीप प्रज्वलन

वीरगन्ज,१०कार्तिक:नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलकाे ७१ ओैं स्थापना दिवसको अवसरमा वीरगन्जमा शुक्रबार साँझ दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।

नेपाल तरुण दल पर्साकाे आयाेजनामा माईस्थानस्थित गहवामाई मन्दिर अगाडिको पार्कमा दीप प्रज्वलन गरिएको हाे ।

कार्यक्रममा प्रमुख अतिथी एंव नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले मुलुकमा प्रजातन्त्र, लाेकतन्त्र र गणतन्त्र स्थापनामा तरुण दलकाे महत्त्वपूर्ण भूमिका र याेगदान रहेकाे बताए ।अहिले फेरि लाेकतन्त्र खतरामा पर्न लागेकाे बेला यसलाई जाेगाउन फेरि तरुण दलकाे विगतकाे जस्ताे भूमीका आवश्यक रहेकाे उनले बताए ।

तरुण दल पर्साका सभापति विकास तिवारीकाे अध्यक्षतामा भएकाे दीप प्रज्वलन कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, नेता श्याम पाेखरेल, कांग्रेस पर्साका सचिव एंव वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेस पर्साका सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति अनिल सिंह, कांग्रेस युवा नेताहरु सराेज चाैरसिया, दिलिपराज कार्की ,नेविसंघ पर्साका सभापति रमेश यादव लगायतको सहभागीता थियाे ।

Related posts

जनताको चाहना अनुसार काम गर्ने प्रतिनिधि बन्ने मेरो लक्ष्य हो : रास्वपा उम्मेदवार कानु

MadhesKhabar

वीरगन्जमा किसान महासंघको मधेस अधिवेशन सम्पन्न : अध्यक्षमा चाैधरी चयन

MadhesKhabar

मधेस सरकारमा कांग्रेसका मन्त्रीहरुले आज शपथ लिदैं ,पर्साका क्षेत्रीले पाए कृषि मन्त्री

MadhesKhabar

Leave a Comment