Madhes Khabar
राजनीति

जनताबाट अपार सर्मथन र स्नेह पाइरहेकोले जित्नेमा ढुक्क छु : उपेन्द्र यादव

बारा,२८ चैत : बारा २ मा सत्तागठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार एंव उपेन्द्र यादवले जनताबाट पाइरहेको अपार समर्थन र स्नेह देख्दा बारा २ मा आफनो प्रतिस्पर्धी नै कोहि नभएको अवस्था देखिएको बताएका छन् ।

चुनावी घरदैलो कार्यक्रममा व्यस्त रहेकै बेला मंगलबार सन्चारकर्मीलाई प्रतिक्रिया दिदै जसपाका राष्ट्रिय अध्यक्ष समेत रहेका यादवले बारा २ का जनताले आफूलाई नै अत्याधिक मत दिएर जिताउने दाबी पनि गरे । उनले भने, ‘यति मत, त्यति मत भन्दा पनि जनताले नै अत्यधिक मत दिएर जिताउने भनेका छन्, हेरौँ, के हुन्छ ।’

यादवले चुनावी घरदैलोका क्रममा जनतासंग साक्षात्कार गर्दा बारामा किसानका लागि सिँचाइ र मलको मुख्य समस्या रहेको पाइएको बताए । सडक, खानेपानी, शिक्षा र स्वास्थ्यको अवस्था पनि ठिक नभएको पाइएको उनले बताए ।तीसबै समस्या सम्बोधनका लागि आफुले सदनमा आवाज उठाउने र सामधान गनर्नेपनि उनले बताए ।

किसानलाई मल, खादको व्यवस्था, ग्रामीण भेगसम्मका सडकको स्तरोन्नत्ती, शिक्षा र स्वास्थ्यमा सुधार लगायतका एजेण्डाका साथ आफू जनतामाझ पुगिरहेको उनले बताए ।

 

Related posts

भ्रष्टहरुलाई नलखेटेसम्म विश्राम लिन्नौं : रवि लामिछाने

MadhesKhabar

वेवसाईट अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती,सरकार भन्छ वेवसाईटको साँचो हामीसगं छैन:सासंद यादव

MadhesKhabar

मधेस सरकारको १०० दिनको उपलब्धि : पोखरियासहितका अस्पतालमा ४०० बढी दरबन्दी सृजना

MadhesKhabar

Leave a Comment