Madhes Khabar
राजनीति

राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजिनामा

मधेसखबर
वीरगन्ज ,१९ भदौं :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संघीय सांसद पदबाट राजीनामाको घोषणा गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सांसद पदबाट राजीना दिएकाे घोषणा गरेका हुन्।

‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का गरियोस्,’ उनले भने।

संसदको म्याद चुनावपछि पनि लम्ब्याउने काम अनैतिक भएको भन्दै उनले त्यस्तो अनैतिक कामको साक्षी आफू बस्न नसक्ने बताए।

सानाे पार्टीको अध्यक्ष भएको नाताले चुनाव केन्द्रीत गतिविधिमा जानु पर्ने र सांसद भएरै त्यसमा होमिन नैतिकताले नदिने उनकाे भनाइ छ।

उनले आगामी चुनावपछि ठूलो पार्टी र नीतिगत रुपमा प्रभाव पार्ने गरी संसदमा उपस्थित हुने बताए।

Related posts

समानुपातिक तर्फको बन्द सूची हेरफेर हुन्छ : काँग्रेस महामन्त्री थापा

MadhesKhabar

बारा–२ बाट निर्वाचित उपेन्द्र यादवले आज सांसद पदको शपथ लिदैं

MadhesKhabar

महन्थ ठाकुर,हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालको दलबीच पार्टी एकता गर्ने सहमति

MadhesKhabar

Leave a Comment