Madhes Khabar
राजनीति

सिके राउत भन्छन् : मलाई चौतर्फी घेराबन्दीमा पारे पनि बारा २ मा जित हाम्रै हुन्छ

वीरगन्ज,२२चैत : जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले आफूलाई चौतर्फी घेराबन्दीमा पारिएको भएपनि नआत्तिन पार्टीका नेता कार्यकर्ता र शुभचिन्तहरुलाई अपिल गरेका छन् ।

बारा २ को उपनिर्वाचनमा पार्र्टीका उम्मेदवार शीवचन्द्र कुशवाहालाई जिताउन आफैं चुनावी कमाण्डर बनेर मैदान सम्हालेका राउतले बुधबार सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै यस्तो अपिल गरेका हुन् ।आफूलाई चौतर्फी घेराबन्दीमा पारिएको भएपनि त्यसले केहि फरक नपर्ने भन्दै उनले केही समय धैर्य गर्न पार्टीका नेताकार्यकर्ता र शुभचिन्तकलाई आग्रह पनि गरेका छन् ।

फेसबुक पोष्टमा राउतले लेखेका छन्, ‘मलाई अलिकति समय दिनोस्, अलिकति धैर्य राख्नुहोस्, घेरामा छु, घाइते छु तर मरिसकेको छैन, अन्तत हामी विजयी हुन नै छौँ ।’

राउतले अहिले युद्ध नटुंगिएको भन्दै आफू अझै जीवनको कुरुक्षेत्रमा रक्ताम्मे भएर संघर्ष गरिरहेको पनि उल्लेख गरेका छन् ।
उनले आफू विभिन्न पार्टी, नेता, सामाजिक संरचना, यथास्थितिवादी, मिडिया, शक्ति केन्द्र, साइबर सेलको निरन्तर आक्रमणमा रहेको समेत बताएका छन् । उनले लेखेका छन्, ‘केही आफ्नैहरूको कमजोरी र निष्क्रियताले पनि आहत छु ।’

जनताको अपेक्षा ठूलो रहेको बताउदै राउतले विगत १० वर्षदेखि पार्टीमा लागेका कार्यकर्ताको भविष्य सुरक्षित गर्ने जिम्मेबारी पनि आफ्नो काँधमा रहेको बताएका छन् । उनले सबै संघर्षलाई पार गर्ने विश्वास व्यक्त गरेका छन् ।

Related posts

८० बोरा चिटको भाषणले निवर्तमान मेयर सरावगी फेरि चर्चामा

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

मधेसीलाई अपमानित गरेको भन्दै वीरगन्जमा चीनको विरोध: चाइनिज साइकल जलाइयो

MadhesKhabar

Leave a Comment