
मुगु,१०कार्तिक: मुगुकाे छायानाथ रारा नगरपालिका वडा नम्बर ६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको छ ।
अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि चार जनाकाे हत्या गरेको प्रहरीले जनाएको छ ।२८ वर्षीया श्रीदेबी बोहोरा, ७ महिने छोरा रहर बोहोरा, ८ वर्षीया छोरी छिता बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोराको घाँटी रेटि हत्या गरिएको अवस्थामा चारै जनाकाे शव शुक्रबार बिहान भेटिएकाे हाे ।
बाेहाेराका छिमेकिहरुले घरभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हत्या भएको खबर पाउनासाथ प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा प्रहरी टाेली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेकाे छ ।
हत्या कसले र किन गरेकाे भन्ने विषयमा अहिलेसम्म यकिन हुन नसकेकाे प्रनाउ थापाले बताए ।प्रारम्भिक अनुसन्धानका अनुसार हत्या दुई दिन पहिले गरिएको हुनसक्ने उनले बताए ।
हत्या गरिएकि महिलाका पति विगत एक बर्ष देखी वैदेशिक रोजगारीकाे सिलसिलामा खाडी मुलुकमा छ्न् ।

