Madhes Khabar
कर्णाली प्रदेश

बैतडीमा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु

सांकेतिक फाेटाे

काठमाडौं,२९चैत: बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् ।

खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबारराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिप सडकबाट करिब ५०० मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बीर्ख धामी, मानबहादुर धामी र बीरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृतक सबै एउटै गाउँका हुन् ।

दुर्घटनाको समयमा जिपमा १२ जना थिए । तीमध्ये ५ जनाले हामफालेर ज्यान जोगाएको र चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले बताए । जिप दुर्घटनाको कारण खुलेको छैन ।सनभार:अनलाइनखबर

Related posts

डोल्पामा आगलागीमा परी घाइते भएका तीन बालकको मृत्यु

MadhesKhabar

डाेटीमा जीप दुर्घटना हुदाँ चार जनाकाे मृत्यु ,पाँच घाइते

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

Leave a Comment