Madhes Khabar
मधेस प्रदेश

दशहरा मेलामा विवाद हुँदा दलित युवकको हत्या

सांकेतिक फोटो

जनकपुरधाम,१०कार्तिक: महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका- ५ हर्दियाटोलका १९ वर्षीय आशिक पासवानको हत्या भएको हो ।

हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।

दशहरा मेलामा भएको विवादको निहुमा स्थानीय दुई युवकले मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

हत्यामा संलग्न आरोपमा दुई युवकलाई पक्राउ पनि गरिएको गिरीले बताए ।पक्राउ परेका उनिहरुकाे नाम प्रहरीले खुलाएकाे छैन।साभार:अनलाइनखबरबाट

Related posts

रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको पहिचान खुल्यो

MadhesKhabar

मधेसमा विधुत प्राधिकरणको निर्देशन : ‘एक हप्ताभित्र किसानलाई राहत हुने गरी काम गर्नुस्’

MadhesKhabar

कर्मचारीलाई दोष थोपरेर उम्किए मुख्यमन्त्री राउत

MadhesKhabar

Leave a Comment