Madhes Khabar
मधेस प्रदेश

मधेसमा विधुत प्राधिकरणको निर्देशन : ‘एक हप्ताभित्र किसानलाई राहत हुने गरी काम गर्नुस्’

जनकपुरधाम,१३साउनःनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एक हप्ताभित्र किसानलाई राहत हुने गरी काम गर्न मधेस प्रदेशको विद्युत् कार्यालयहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार जनकपुरस्थित नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालयमा छलफल गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।किसानको धान रोपाइँ गर्न अब एक महिनामात्रै समय बाँकी रहेकाण्े द्रुत गतिमा काम गर्नुपर्ने र त्यसको तयारी सुरु गर्न उनले विद्युत् कार्यालयका कर्मचारीलाई निर्देशन दिए ।

‘धान रोपाइँ गर्ने अब धेरै समय त छैन । एक महिनाभित्र रोपिएन भने धान नै फल्दैनन्,’ उनले भने, ‘त्यसकारण किसानलाई राहत हुने गरी एक हप्ताभित्र सबै तयारी गर्नुप¥यो ।’ प्राविधिक र आर्थिक दुवै रुपमा तयारी गर्न उनले निर्देशन दिए ।

कृषि विद्युतीकरणका बेला कुनै प्रकारको समस्या आउन नदिन, हिटर जल्न नदिन र ट्रान्सफर्मरको विषयमा पनि तयारी थाल्न उनले बताए । मिटरको व्यवस्था, सेवा शुल्क र पालिकासँग समन्वय गरेर काम गर्न उनले बताए ।

माग भएको ठाउँमा एक हप्ताभित्र विद्युतीकरणका लागि सामान पठाउने विद्युत् प्राधिकरणको तयारी छ ।मधेसमा खडेरीका कारण सिँचाइ अभाव हुदाँ आधा मात्रै रोपाइँ हुन सकेको छ। अकाशे पानी नपरेपछि मधेस प्रदेश सरकारले मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै संघीय सरकारसँग सहयोगका लागि ध्यानकषर्ण समेत गराएको थियो ।साभारःइकान्तिपुर

 

 

Related posts

रौतहटको गरुडाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

MadhesKhabar

टाटा सुमाेले ठक्कर दिँदा दुई जनाकाे मृत्युु

MadhesKhabar

सप्तरीमा गाेली हानेर पुजारीकाे हत्या

MadhesKhabar

Leave a Comment