Madhes Khabar
खेलकुद

नेपाल र यूएईबिचको फाइनल खेल वर्षाले प्रभावित

काठमाडौं,७कार्तिकः यू–१९ प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित भएको छ ।मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा जारी नेपाल र यूएईबीचको फाइनल खेल प्रभावित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतकको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो ।२८१ रनको लक्ष्य पछ्याउँदै यूएईले जवाफी ब्याटिङ गर्दा वर्षा भयो । यूएईको इनिङ्सको २ ओभर नसकिंदै पानी परेपछि खेल प्रभावित भयो ।

वर्षा रोकिएपछि केहीबेरमा पुनः खेल सुरु भयो । तर, ११ ओभर सकिंदा खेल फेरि प्रभावित भएको छ । र, वर्षा जारी भएकोले अहिले खेल सुरु हुने कुनै टुंगो छैन ।खेल प्रभावित हुँदाको अवस्थामा यूएईले ११ ओभरमा दुई विकेट गुमाएर ५० रन बनाएको छ । कप्तान आएन अफ्जल खान र ध्रुव परशर क्रिजमा छन् ।साभारःअनलाइनखबरबाट

Related posts

प्रधानमन्त्री कप महिला क्रिकेटमा मधेसको दोस्रो जीत

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

आइपिएलमा हैदरावाद विरुद्ध गुजरातको रोमान्चक जित

MadhesKhabar

Leave a Comment