Madhes Khabar
खेलकुद

नेपाल र यूएईबिचको फाइनल खेल वर्षाले प्रभावित

काठमाडौं,७कार्तिकः यू–१९ प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित भएको छ ।मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा जारी नेपाल र यूएईबीचको फाइनल खेल प्रभावित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतकको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो ।२८१ रनको लक्ष्य पछ्याउँदै यूएईले जवाफी ब्याटिङ गर्दा वर्षा भयो । यूएईको इनिङ्सको २ ओभर नसकिंदै पानी परेपछि खेल प्रभावित भयो ।

वर्षा रोकिएपछि केहीबेरमा पुनः खेल सुरु भयो । तर, ११ ओभर सकिंदा खेल फेरि प्रभावित भएको छ । र, वर्षा जारी भएकोले अहिले खेल सुरु हुने कुनै टुंगो छैन ।खेल प्रभावित हुँदाको अवस्थामा यूएईले ११ ओभरमा दुई विकेट गुमाएर ५० रन बनाएको छ । कप्तान आएन अफ्जल खान र ध्रुव परशर क्रिजमा छन् ।साभारःअनलाइनखबरबाट

Related posts

विश्वकप क्रिकेट : न्युजिल्यान्डसंग नेदरल्यान्ड्स पराजित

MadhesKhabar

नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले जित्यो टी–२० सिरिज

MadhesKhabar

नेपालको १ सय रन पुरा , आशिफ शेख ४१ रन बनाएर क्रिजमा अविजित

MadhesKhabar

Leave a Comment