Madhes Khabar
स्थानिय

बारामा एसपी र डिएसपीकाे नाममा तस्करसंग पैसा असुली गर्ने सहनी पक्राउ

बारा,३कार्तिक: बारामा प्रहरीको नाममा तस्करसँग पैसा असुली गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वा निवासी ३७ वर्षीय मनोजकुमार सहनी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सहनीले मटिअर्वा नाकाबाट अवैध रूपमा राजश्व छली गरेर एलईडी ल्याइरहेको तस्करसँग बाराका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) को नाममा तस्करसँग रकम मागेका थिए ।

पक्राउ परेका सहनीलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर थप अनुसन्धान भइरहेकाे बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले जानकारी दिए।

Related posts

वीरगन्ज महानगरले बनाइ दिएको पशुपति आदर्श क्लबको भवनको मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यादव माथि आक्रमणको प्रयास

MadhesKhabar

जेनजी आन्दोलनमा जलेको वीरगञ्ज महानगरपालिका : शून्यबाट उठ्दै, मर्मतमा जुट्दै

MadhesKhabar

Leave a Comment