Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटमा आज बंगलादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलंका खेल्दै

वीरगन्ज,२०असाेज: भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज शनिबार दुई वटा खेल हुँदैछन् ।

आजकाे पहिलाे खेल बंगलादेश र अफगानिस्तान तथा दाेस्राे खेल दक्षिण अफ्रिका र श्रीलंकाबीच हुदैंछ ।

बंगलादेश र अफगानिस्तानबीचकाे खेल धर्मशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

त्यस्तै, दिउँसो सवा दुई बजे दिल्लीमा दक्षिण अफ्रिका र श्रीलंका खेल्नेछन् ।

यसअघि शुक्रबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले र बिहीबार भएको उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै विजयी शुरुवात गरेका छन् ।

विश्वकप क्रिकेटमा १० देशले सहभागीता जनाएका छन् ।

Related posts

टी-२० विश्वकपकाे उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै

MadhesKhabar

वीरगन्ज युनाईटेडले जित्याे लहान मेयर गाेल्डकप फुटबलको उपाधि

MadhesKhabar

आईपीएलमा आज मुम्बई र कोलकाताको भिडन्त

MadhesKhabar

Leave a Comment