Madhes Khabar
खेलकुद

महाेत्तरीकाे बेङखाडी क्लब परवानीपुर गाेल्डकपकाे फाइनलमा

वीरगन्ज,१फागुन:बेङखाडी फुटबल क्लब महाेत्तरी,चौंथो परवानीपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।वीरगन्ज–२१ परवानीपुरको खेलमैदानमा बिहीबार भएको दाेस्राे तथा अन्तिम सेमिफाइनल खेलमा बाराकाे नव जनजागृती युवा क्लब सिमरालाई पराजित गर्दै महाेत्तरी फाइनलमा पुगेको हो ।

निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछि खेलको अन्तिम नतिजा ट्राइबेकरबाट गरिएको हो । ट्राइबेकरमा महाेत्तरीले सिमरालाई ५–४ले पराजित गरेको हो । उक्त खेलको म्यान अफ दी म्याच महाेत्तरीका गोलरक्षक राेहन घिसिङ घोषित भए । उनलाई समाजसेवी चन्देश्वर श्रीवास्तवले नगद ५ हजार सहित ट्रफी प्रदान गरे।

प्रतियोगिताकाे उपाधिका लागि फाइनलमा महाेत्तरीले वीरगन्ज युनाईटेड क्लबसंग प्रतिस्पर्धा गर्नेछ।

Related posts

पाकिस्तान सामु भारतले दियो ३५७ रनको विशाल लक्ष्य

MadhesKhabar

मलेशियालाई हराउँदै नेपाल फाइनलमा

MadhesKhabar

वीरगन्जमा जारी कर्पोरेट सुपर सिक्स क्रिकेटमा अग्नी ग्रुप विजयी

MadhesKhabar

Leave a Comment