Madhes Khabar
खेलकुद

वीरगन्जमा आयोजित दुई दिवसीय क्रिकेटको उपाधीमाथि पर्सा ब्लुको कब्जा

वीरगन्ज,१३असोज : वीरगन्जमा आयोजित दुई दिवसीय क्रिकेट प्रतियोगिताको उपाधी पर्सा ब्लुले जितेको छ ।वीरगन्जको नारायणी रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबारदेखि सुरु भइ शनिबार सकिएको दुई दिवसीय क्रिकेट प्रतियोगिताको उपाधी पपर्सा ब्लुले जितेको हो ।

पर्सा क्रिकेट संघको आयोजनामा सन्चालित प्रतियोगितामा सुरज पटेलको कप्तानीमा रहेको पर्सा रेडलाई १३५ रनले हराउँदै हासिम अन्सारी कप्तानी रहेको पर्सा ब्लुले उपाधी हत्याएको हो ।

खेलको पहिलोदिन पर्सा ब्लुले ५७ ओभरमा ७ विकेट गुमाउँदै ३०३ रन जोडेपछि इनिङ समाप्तीको घोषणा गरेको थियो भने पर्सा रेडले ५२.३ ओभरमा अलआउट हुदै २१३ रन बनाएको थियो । पहिलोदिन पर्सा ब्लुले ९० रनको आग्रता लिएको थियो।

दोस्रो दिन शनिबार पर्सा ब्लुले ५२.४ ओभरमा अलआउट हुदै १६३ रन बनाएपछि पर्सा रेडले जितका लागि २५३ रनको लक्ष्य पाएको थियाो । तर पर्सा रेडले २५३ रनको लक्ष्य पछ्याउने क्रममा ३०.२ ओरभमा ११७ रनमै अलआउट भएपछि उक्त खेल पर्सा ब्लुले १३५ रनले जितेको हो । खेलको म्यान अफ दि म्याच पर्सा ब्लुका नसरुद्धिन घोषित भए ।

पर्सा जिल्लाको क्रिकेट टिम छनौटका लागि दुई दिवसीय क्रिकेट खेलको आयेजना गरिएको पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले बताए ।

 

Related posts

प्रधानमन्त्री कपमा मधेस प्रदेशकाे विजयी सुरुवात

MadhesKhabar

अस्ट्रेलियासंगको चौथो टेस्टको पहिलो पारीमा भारतको उत्कृष्ट पुनरागमन

MadhesKhabar

आईपीएलमा आज लखनउसंग भिड्दै मुम्बई

MadhesKhabar

Leave a Comment