Madhes Khabar
खेलकुद

प्रधानमन्त्री कपमा मधेस प्रदेशकाे विजयी सुरुवात

काठमाडौं,२८पुष: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले विजयी सुरुवात गरेकाे छ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलाे दिन भएको खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ।

काेशीले दिएको १२८ रनको लक्ष्य मधेसले २०.१ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो। मधेसका लागि अनिल साहले सर्वाधिक ८८ रनको योगदान गरे। उनले ५४ बलमा १४ चौका र ३ छक्का प्रहार गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा १२७ रनमै अलआउट भएकाे थियाे। कोशीका लागि कप्तान अंकित सुवेदीले ४० रन र फिर्दोस अन्सारीले ४१ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा मधेसका प्रदीप पासवानले ३ विकेट लिए भने राजेश यादव, रन्जित कुमार र पवन सर्राफले २-२ विकेट लिए।

Related posts

टी–२० विश्वकपको हरेक शतकमा आसिफलाई १ लाख रुपैयाँ दिने वीरगन्जका मेयर सिंहको घोषणा

MadhesKhabar

एसिया कप खेल्ने नेपालको सपना चकनाचुर

MadhesKhabar

पञ्जाबमाथि हैदराबादकाे राेमाञ्चक जीत

MadhesKhabar

Leave a Comment