Madhes Khabar
खेलकुद

आईपीएलमा आज लखनउसंग भिड्दै मुम्बई

वीरगन्ज,१८बैशाखःभारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मंगलबार लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । यी दुईबिचको खेल लखनउमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।

जारी आईपीएलको सिजनमा ९ खेलमा ५ खेल जितेको लखनउ १० अंकसहित तालिकाको पाँचौं स्थानमा छ । ९ै खेल खेलेको मुम्बई भने तीन वटा मात्रै खेल जितेर नवौँ स्थानमा छ ।

यसअघि सोमबारराति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको थियो । ९ खेलमा ६ खेल जितेको कोलकाता १२ अंकसहित दोस्रो स्थानमा छ । ११ खेल खेलेको दिल्ली १० अंकसहित छैटौँ स्थानमा छ ।

Related posts

आईपीएल:हैदरावादले राजस्थानलाई हरायाे

MadhesKhabar

विश्वकप क्रिकेटमा नेदरल्यान्ड्माथि इंग्ल्यान्डकाे फराकिलो जीत

MadhesKhabar

एसिया कपमा आज नेपालकाे भिडन्त भारतसंग

MadhesKhabar

Leave a Comment