Madhes Khabar
खेलकुद

एसिया कपमा आज नेपालकाे भिडन्त भारतसंग

काठमाडौं,८साउन:श्रीलंकामा जारी नवौं संस्करणको महिला एसिया कप क्रिकेटमा आज (मंगलबार ) नेपालले भारतसंग प्रतिस्पर्धा गर्दैछ ।

आफ्नो तेस्रो खेलमा आज नेपालले टेष्ट मान्यता प्राप्त भारतको सामना गर्न लागेको हाे। नेपाल र भारतबीचको खेल श्रीलंकाकाे डम्बुला क्रिकेट रंगशालामा बेलुकी सवा ७ बजेदेखि सुरु हुनेछ ।

जारी एसिया कपको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपाल पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।

भारतले पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा युएईलाई ७८ रनले पराजित गरेको थियो ।नेपाल,भारत र पाकिस्तान एउटै समुहमा छन् ।

Related posts

यू-१९ विश्वकप क्रिकेट: नेपालले पाकिस्तानलाई दियाे १९८ रनको लक्ष्य

MadhesKhabar

सिंगापुरलाई पराजित गर्दै नेपाल फाइनलमा

MadhesKhabar

आईपिएलमा आज दिल्ली र गुजराज भिड्दै

MadhesKhabar

Leave a Comment