Madhes Khabar
सुदूरपश्चिम प्रदेश

बाल सुधार गृहमा झडप हुदाँ १ जनाकाे मृत्यु, ११ जना घाइते

फाइल फाेटाे

बाँके,५असाेज: बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरमा रहेकाे जयन्दु बाल सुधार गृहभित्र थुनुवाहरुबीच बिहीबार राति झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

झडपमा घाइते भएका रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । जबर्जस्ती करणी मुद्दामा केसीलाई बाल सुधार गृहमा राखिएको थियाे ।

सुधार गृहभित्र समूह–समूह बनाएर भिड्नेमध्ये ११ जनालाई राति नै नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको सुधार गृह प्रमुख विमला काउचाले बताइन् । २५५ थुनुवा रहेको उक्त बाल सुधार गृहबाट ९ जना सम्पर्कविहीन भएका छन् ।

बाल सुधार गृहमा १८ वर्षभन्दा माथिकालाई पनि राखिएको र उनीहरुलाई व्यवस्थापन गर्न नसक्दा उनीहरुले बेलाबेला प्रहरी इन्जार्जलाई पिट्ने गरेको बाल सुधार गृह स्रोतले जानकारी दिएको छ ।साभार:ईकान्तिपुरबाट

Related posts

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

गोवामा सकुशल भेटिइन् मेयर हमालकी छोरी आरती

MadhesKhabar

बाजुराको बाम्का बजारमा आगलागी हुदाँ कम्तिमा ४० पसल जलेर ध्वस्त

MadhesKhabar

Leave a Comment