धनगढी,२३जेठःबाजुराको बाम्का बजारमा शुक्रबार दिउँसो आगलागी भएको छ । बुढीगंगा नगरपालिका ६ साँफे–मार्तडी सडकखण्डमा पर्ने बाम्का बजारमा आगलागी भएको हो ।
आगलागीमा ४० भन्दा बढी पसलहरू जलेर पूर्ण रूपमा नष्ट भएको बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले बताए ।बानियाँका अनुसार नवदुर्गा होटलबाट ग्यास पड्केर आगलागी भएको हो । दमकल नभएकाले आगो समयमै नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन् ।साभारःइकान्तिपुर

