Madhes Khabar
गण्डकी प्रदेश

नारायणी नदीमा पाैडी खेल्ने क्रममा डुबेर दाजुभाइकाे मृत्यु

फाइल फाेटाे

नवलपरासी,१असाेज: नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणीमा डुबेर मृत्यु भएको हो ।

साेमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन र नौ वर्षीय सङ्गमको डुबेर मृत्युु भगएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए ।

नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा डाक्टरले मृत घाेषणा गरेका थिए ।

Related posts

श्रीमतीले दुईवटा सिम चलाएकाे निहुँमा हत्या

MadhesKhabar

बसभित्रै ७३ वर्षिया वृद्धामाथि सामुहिक बलात्कार

MadhesKhabar

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

MadhesKhabar

Leave a Comment