Madhes Khabar
अन्तर्राष्ट्रिय

पाकिस्तानमा बसमा आगो लाग्दा २० जनाको मृत्यु

काठमाडौं,३ भदौं : पाकिस्तानको पञ्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबसमा आगो सल्केको थियो ।

फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पु¥याएका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए ।

दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट सङ्घीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो । दुबै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन् ।साभार : अन्नपूर्णपोष्टबाट

Related posts

गंगा नुहाउन हिंडेका तीर्थयात्री सवार ट्याक्टर दुर्घटना हुदाँ २२ जनाको मृत्यु

MadhesKhabar

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन

MadhesKhabar

थाइल्याण्डको शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चल्दा ३१ को मृत्यु

MadhesKhabar

Leave a Comment