Madhes Khabar
अन्तर्राष्ट्रिय

पाकिस्तानले युद्ध विरामकाे सहमति उल्लंघन गर्दै ड्राेन आक्रमण गरिरहेकाे भारतकाे आराेप

फाइल तस्बिर ।

काठमाडौं,२७ब‌ैशाख:भारत–पाकिस्तानबीच भएको युद्धविरामको सहमति उल्लंघन गर्दै पाकिस्तानले सीमावर्ती क्षेत्रमा ड्राेन हमला गरिरहेको भारतले जनाएको छ।भारतकाे जम्मु, श्रीनगर, राजस्थानलगायतका क्षेत्रमा पाकिस्तानी सेनाले ड्रोन आक्रमण गरिरहेको भारतीय सञ्चालरमाध्यमले जनाएका छन्।

पाकिस्तानले युद्धविराम उल्लंघन गरेपछि भारतीय सुरक्षा संयन्त्र उच्च सतर्कतामा छन्।

शनिबार साँझ युद्धविरामको औपचारिक सहमति भएको केही घण्टामै भारतको जम्मुको उधमपुरमा ड्रोन आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
त्यसपछि श्रीनगरमा विस्फोटका आवाज सुनिएपछि सायरन बजाइएको र सुरक्षा सतर्कताका लागि ब्ल्याकआउट गरिएको छ।

पाकिस्तान सरकारले गरेको युद्ध विरामकाे सहमति पाकिस्तानी सेनाले अस्वीकार गरेर भारतकाे सीमावर्ती क्षेत्रमा ड्राेन आक्रमण गरिरहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Related posts

इरानमा बम विस्फोटमा कम्तीमा ७३ जनाकाे मृत्यु

MadhesKhabar

महाकुम्भकाे भागदाैडमा परेर मर्नेकाे संख्या ३० पुग्याे, ६० भन्दा बढीकाे उपचार जारी 

MadhesKhabar

भारतले पाकिस्तानमा ३६ घण्टाभित्र आक्रमण गर्नसक्ने

MadhesKhabar

Leave a Comment