Madhes Khabar
राजनीति

कांग्रेसमै रहेर कांग्रेसलाई कमजोर बनाउने हर्कत अब सह्य हुदैन : सहमहामन्त्री यादव

वीरगन्ज,३२साउन : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्रै रहेर पार्टीलाई कमजोर बनाउने हर्कत अब सह्य नहुने बताएका छन् ।

वीरगन्जमा बिहीबार आयोजित नेपाली कांग्रेसको क्षेत्र नम्बर २ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री यादवले यस्तो बताएका हुन् ।पछिल्लो समय पार्टीमा रहेर पार्टीलाई नै कमजोर बनाउने प्रवृति केहि नेता कार्यकर्तामा देखिएको भन्दै उनले अब भने त्यस्ता हर्कत पार्टी नेतृत्वलाई सह्य नहुने चेतावनी दिए ।

खासगरि चुनावमा कांग्रेसकै नेता कार्यकर्ताले आँफुले उम्मेदवारको टिकट नपाएको रिसबी साँध्न कांग्रेसकै उम्मेदवारसंग अन्तरघात गरेर हराउने गरेको उनले बताए । त्यसकारण अब आइन्दा त्यस्तो प्रवृति नदोहोरयाउन आग्रह गर्दै यादवले भने,‘ कांग्रेसका सबै नेता कार्यकर्तालाई मेरो आग्रह छ अबदेखि टिकट जसले पाएपनि अन्तरघात गर्दिन , पार्टीको उम्मेदवारलाई जिताएरै छाड्छु भनेर कसम खानुहोस् ।

सहमहामन्त्री यादवले धनुषाको जस्तै पर्साको पनि माटो माटोमा कांग्रेस रहेको बताए । मुलुकमा भएका हरेक राजनीतिक परिवर्तनको आन्दोलनमा पर्सा र धनुषा जिल्लाका कांग्रेस नेता कार्यकर्ताहरुको अहम भूमीका रहेको उनले बताए ।

कांग्रेस क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनको अध्यक्षता र कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाको विशिष्ठ आतिथ्यतामा भएको सम्मेलनलाई मधेस सरकार पूर्वमन्त्री ओमप्रकाश शर्मा, कांग्रेसका जिल्ला सभापति एंव प्रदेश सभा सदस्य जनार्दनसिंह क्षेत्री , प्रदेश समा सदस्य श्याम पटेल , कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतका नेताले पनि सम्बोधन गरेका थिए ।

Related posts

बारामा जसपाकाे जिल्ला कार्यसमिति गठन,अध्यक्षमा पटेल

MadhesKhabar

ठाकुरराम क्याम्पसमा हुने स्ववियु निर्वाचनको तयारीमा जुट्यो नेविसंघ

MadhesKhabar

धोबिनीको कार्यपालिका सदस्यमा काँग्रेसको क्लीन स्वीप

MadhesKhabar

Leave a Comment