Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरको अग्रसरतामा ठाँउ ठाँउमा अत्याधुनिक सिसिटिभी क्यामेरा जडान

वीरगन्ज, ३१ साउन : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बैभव वीरगन्जको अभियानलाई साकार तुल्याउन सुरक्षित वीरगन्ज बनाउनु पर्नेमा जोड दिएका छन् ।

वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल रुपमा जडान गरिएको प्यानल सहितको अत्याधुनिक सिसिटिभी क्यामरा राडर मोनिटरीङ्ग सिस्टमको बुधबार उद्घाटन गर्दै मेयर सिंहले अत्याधुनिक सिसिटिभी क्यामराको जडानसँगै अब वीरगन्जको सुरक्षामा समेत थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

महाानगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउदै मेयर सिंहले विकास निर्माण, नगरको सौन्दर्यकरण, सरसफाई सँगै नगरवासीको सुरक्षालाई समेत महानगरले प्राथमिकताकामा राखेर यसका लागि ठोस कार्यक्रम सहित अगाडी बढाई रहेको बताए ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा प्रहरीको कन्ट्रोल रुममा जडान गरिएको अत्याधुनिक सिसिटिभी क्यामराको मोनिटरिङ्ग सिस्टमले अपराध तथा दुर्घटनाका घटना तत्काल पत्ता लगाउन तथा दोषीलाई पक्राउ गर्न सहज भएको बताए ।

वीरगन्ज महानगरपालिकाको २७ लाख रुपैयाँको लागतमा पर्सा प्रहरीको कन्ट्रोल रुममा राडर सहितको क्यामरा जडान गरिएको हो ।

उक्त क्यामराबाट नगर क्षेत्रमा हुने दुर्घटना, चोरीका घटना तथा सुरक्षाका विविध गतिविधिलाई नियाल्न सहज हुने र तिव्रगतिमा गुडने सवारी साधनहरुलाई समेत कारवाही गर्न सहज हुने पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए ।वीरगन्ज प्रवेश गर्ने तथा बाहिरिने चोक एवं व्यस्त बजार क्षेत्रका विभिन्न स्थानमा क्यामरा जडान गरिएको र हिट एण्ड रनको अवधारणा अनुसार घटनास्थलमा तत्काल प्रहरी पुग्न समेत सहज हुने प्रहरी उपरीक्षक शाहले बताए।

यसैविच बुधबारनै मेयर सिंहले गण्डक चोकको शहिद तेज बहादुर अमात्यको शालिक भएको स्थानमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन समेत गरेका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल शाह, ससस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायतको सहभागिता रहेको थियो ।

Related posts

संसदको कार्यव्यवस्था परामर्श समितिमा प्रदीप यादव र अजय चौरसिया मनोनित

MadhesKhabar

उम्मेदवारमाथि भएको सांघातिक हमलाप्रति पिपुल फ्रष्ट पार्टीको कडा आपत्ति

MadhesKhabar

बालेनकाे असर पाेखरीयामा पनि : अतिक्रमण हटाउन तीन दिने सुचना जारी

MadhesKhabar

Leave a Comment