Madhes Khabar
काेशी प्रदेश

सप्तकोशी नदीमा ३४ वर्ष यताकै धेरै पानी, ब्यारेजका ५६ वटै ढोका खोलियो

सुनसरी ,२९साउन: सप्तकोशी नदीमा पछिल्लो ३४ वर्ष यताकै उच्च पानी बगेको छ ।

पूर्वी पहाडी जिल्लाहरूमा केहि दिन यता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको छ ।

सप्तकोशी नदी स्थित कोशी नदीमा साेमबार बिहान ४ बजे ४ लाख ६२ हजार क्युसेक पानी प्रति सेकेण्ड बगेको छ । अहिले भने पानीको मात्र घट्दै गइरहेको छ ।

बिहान ६ बजे गरिएको मापन अनुसार कोशीमा ४ लाख ५२ हजार क्युसेक पानी प्रति सेकेण्ड बगिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

अहिले कोशी ब्यारेजमा रहेका सबै ५६ ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक पानी प्रति सेकेण्ड बगेको रेकर्ड छ ।

कोशी व्यारेजमा पानीको मात्रा बढेपछि व्यारेज हुँदै आवत जावत बन्द गरिएको छ ।

Related posts

माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको मृत्यु

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

Leave a Comment