Madhes Khabar
समाज

बारामा प्रहरीले आयाेजना गरेकोे कार्यक्रममा ६८ जनाले गरे रगतदान

बारा,२८साउन: बाराकाे कलैयास्थिथ जिल्ला प्रहरी कार्यालयमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

प्रहरी कार्यालय परिसरमा भएकाे रक्तदान कार्यक्रममा ६८ जनाले रगत दान गरेका छन् ।

नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा एक महिलासहित ६८ जनाले रगत दान गरेका हुन् ।

प्रादेशिक अस्पताल कलैया र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयाेजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना , विभिन्न संघसंस्था का प्रतिनिधि लगायतले रगत दान गरेका हुन् ।

रक्तदान कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा , प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेसहित विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको पनि उपस्थिति रहेकाे थियाे।

Related posts

वीरगन्जमा बकर ईद पर्वकाे अवसरमा २१ जनाद्वारा रक्तदान

MadhesKhabar

साेनवर्षामा आयाेजित रक्तदान कार्यक्रममा २० जनाले गरे रगत दान

MadhesKhabar

जगरनाथपुरको सरकारी विद्यालयमा चापाकल जडान, १०० सय बालबालिकालाई शैक्षिक सामग्री वितरण

MadhesKhabar

Leave a Comment