मधेसखबर
वीरगन्ज ,७फागुन :पर्साको पटेर्वा सुगौली गाउँ पालिका वडा नम्बर १ साेनवर्षामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
साेनवर्षा स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयको प्राङ्गणमा पटेर्वा सुगौली गाउँपालिका कार्यालयको सहयोगमा सहज सेवा सीप विकास केन्द्र पटेर्वा सुगौलीले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा २० जनाले रगतदान गरेका छन् ।
रगतदान गर्नेहरुमा हैदर अन्सारी, सुलेमान मिया दर्जी,प्रहरी सहायक निरीक्षक पवन कुशवाहा,अमरेन्द्र गिरी,कान्ति देवी,ठग चौधरी,
श्रीकान्त चौधरी,चनदन चौधरी,कन्हैया यादव,बब्लु गिरी लगायत रहेको रक्तसंचार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख साैरभराज पाण्डेले जानकारी दिए।
वडाध्यक्ष फरमान मियाँ अन्सारीको अध्यक्षता तथा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवकाे प्रमुख आतिथ्यतामा भएकाे रक्तदान कार्यक्रममा ,वडा नम्बर ३ का कार्यवाहक वडाध्यक्ष हैदर अन्सारी,काङ्ग्रेस नेता सुलेमान मिया दर्जी,ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्य, रंगपुर प्रहरी चौकीका
प्रहरी सहायक निरिक्षक पवन कुशवाहा लगायतकाे उपस्थिति रहेकाे थियो ।

