Madhes Khabar
स्वास्थ्य

भेडाहा खाेलाकाे बाढीले गाँउहरु डुबानमा,सांसद यादव र मेयर सिंहले गरे स्थलगत अवलोकन

वीरगन्ज, २३ साउन: दुई दिनदेखि परेकाे वर्षाले भेडाहा खाेलामा बाढी आपछि वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का गाँउहरु डुबानमा परेका छन् भने किसानका धानखेतमा पनि बाढी पसेकाे छ ।

भेडा खाेलाकाे बाढी लालपर्सा र परसाेतीपुर गाँउमा पस्दा बगही गाँउ जाने बाटाे अवरुद्ध भएकाे छ भने किसानका ५० बिघा भन्दा बढी धान खेत डुबानमा परेकाे छ ।

यसैबिच पूर्व मन्त्री एवं संघीय सांसद प्रदीप यादव र वीरगन्ज महानगर मेयर राजेशमान सिंहले भेडाहा खोलाका कारण डुबानमा परेका लालपर्सा र प्रसोतीपुरको मंगलबार बिहान स्थलगत अवलोकन  गरेका छन् ।

स्थलगत निरीक्षण गर्दै पुर्व मन्त्री यादवले भेडाहा खोलामा ड्याम लगाइए मात्रै यहाँ हुने डुबानको समस्या समाधान हुने र त्यसका लागि स्थानीयले नै सहयोग गर्नु पर्ने बताए।

डुबानको समस्या दीर्घकालिन रुपमा समाधानका लागि भेडाहा खाेलामा ड्याम लगाउने काम अघि बढेको र केही व्यक्तिका कारण अवरोध हुँदा ढिलाई हुन पुगेको भन्दै मेयर सिंहले काम चाडै सम्पन्न गराउन लागि परेको बताए ।

तत्काललाई बाढीकाे पानी निकासा हुने गरि व्यवस्था मिलाउने र डुबानमा परेकाहरुका लागि उचित राहतको ब्यवस्था मिलाउने पनि उनले बताए ।

भेडाहा खोलाको बाढी वीरगन्जको सिर्सिया नदीमा समेत आइपुगेको छ । अहिले सिर्सिया नदी पूर्ण रुपमा भरिएको छ ।

Related posts

पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

MadhesKhabar

मधेस प्रदेशका १३६ वटा पालिकामा तेस्रो भयो पर्साको ठोरी गाँउपालिका

MadhesKhabar

मधुमेह (चिनी रोग) का बिरामीले आँप खान हुन्छ कि हुँदैन ?

MadhesKhabar

Leave a Comment