Madhes Khabar
स्वास्थ्य

मधेस प्रदेशका १३६ वटा पालिकामा तेस्रो भयो पर्साको ठोरी गाँउपालिका

वीरगन्ज,०५कार्तिकः मधेस प्रदेशका १३६ पालिकामध्ये पर्साको ठोरी गाँउपालिका तेश्रो भएको छ ।गत आर्थिक वर्ष २०८०÷८१ म प्रदेशका पालिकाहरुले स्वास्थ्य क्षेत्रमा गरेका गतिविधीको कार्य सम्पदा मुल्यांकनमा प्रदेशका १ सय ३६ वटा पालिकामध्ये ठोरी गाँउपालिका तेश्रो भएको हो ।

यस्तै सर्लाहीको हरिवन नगरपालिका भने प्रथम तथा सप्तरीको हनुमाननगर नगरपालिका भने दोश्रो भएको छ ।आइतबार जनकपुरमा मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीमा मधेस प्रदेशका  स्वास्थ्यमन्त्री सत्रुधन सिंहले तेश्रो भएको ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापालाई प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरे ।

ठोरी गाँउपालिका पर्सा जिल्लामा भने प्रथम भएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिएइ ।उनका अनुसार, ठोरी गाँउपालिकामा स्वास्थ्य चौकी ३ वटा ,आधारभूत स्वास्थ्य केन्द्र ५ वटा,सामुदायिक स्वास्थ्य इकाई २ वटा ,आयुर्वेद औषधालय २ वटा सर्पदशं उपचार केन्द्र एउटा रहेको छ ।

जनतालाई दिने सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टि लगायतका विषयवस्तुका सूचकहरूको आधारमा मधेस प्रदेशमै ठोरी गाँउपालिका तेश्रो भएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।

 

Related posts

एस्ट्राजेनेकाले विश्व बजारबाट ३ अर्ब डोज कोभिड भ्याक्सिन फिर्ता लिने

MadhesKhabar

वीरगन्जमा झाडापखाला र हैजाका ४ सय भन्दा बढी बिरामीहरु निको भएर घर फर्किए

MadhesKhabar

सखुवाप्रसौनीमा खोप अभियान सफल पार्न गाँउपालिका अध्यक्ष यादवकाे आग्रह

MadhesKhabar

Leave a Comment