वीरगन्ज,१६जेष्ठःपर्साको सखुवाप्रसौनी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको छ ।आई.पि.भि. खोप अभियान २०८१ अन्तर्गत पालिका स्तरीय खोप जनप्रतिनिधिहरु तथा सञ्चारकर्मीहरू लागि अभिमुखीकरण कार्यक्रम बुधबार आयोजना गरिएको थियो ।
गाउँपालिका अध्यक्ष यशवन्त यादवको प्रमु्ख आतिथ्यतामा भएको कार्यक्रममा गाँउपालिका उपाध्यक्ष शर्मिला विष्ट,वडाध्यक्ष चिरञ्जीवी महतो थारु,मोजालिम अन्सारी,मोदारिफ अन्सारी,मुना कमकरका साथै सञ्चारकर्मीहरूको सहभागीता थियो । सहभागीहरुलाई आई.पि.भि. खोपको महत्व, खोप अभियानको प्रक्रिया, समन्वय र सञ्चारको भूमिकाको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवले खोप अभियानको सफलताका लागि सबै पक्षलाई मिलेर काम गर्न आग्रह गरे। उनले खोपका माध्यमबाट पोलियोजस्तो गम्भीर रोगबाट बालबालिकालाई सुरक्षित राख्न सकिने भएकाले यो अभियानमा सबैको सक्रिय सहभागिता महत्वपूर्ण हुनेपनि बताए ।
प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा खोप अभियान जेष्ठ २० गतेदेखि जेष्ठ २४ गतेसम्म गाउँपालिका मातहतका विद्यालयहरु सञ्चालन गरिने जानकारी पनि गराइएको थियो ।

