वीरगन्ज,२४जेष्ठ:बुधबारराति आएको हावाहुरीका कारण वीरगन्ज-१५ लक्ष्मणवाका विष्णुदेव यादवका ६ वर्षीय बालक नितेश यादव गम्भीर घाइते भएका छन् ।सुतिरहेको समयमा राति १ बजेतिर आएको हावाहुरीले घरको छाना खसेर टाउकोमा लाग्दा उनी गम्भीर घाइते भएका हुन् ।
घाइते यादवको अहिले एल.एस.न्युरो अस्पतालमा उपचार भइरहेको छ ।गम्भीर अवस्थामा उपचाररत यादवको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगका लागि सबैसँग उनका बुवा विष्णुदेव यादवले आग्रह गरेका छन्।
यसैबीच वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह हावाहुरीका कारण घर भत्केर घाइते भएका बालकको अवस्था बुझ्न आँफै अस्पताल पुगेका छन् । अस्पताल पुगेर मेयर सिंहले घाइतेको उपचारमा महानगरले आवश्यक सहयोग गर्ने भन्दै कुनै कसर बांकी नराख्न अस्पताललाई निर्देशन दिए ।

