Madhes Khabar
स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्वीर

काठमाडौं,१७बैशाख : नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमुनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी कूल ६० जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाका सक्रिय संक्रमितको संख्या ३२८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २८ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।मन्त्रालयका अनुसार आइतबार मात्रै ५५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् ।

Related posts

चिकित्सक संघको मधेस प्रदेश संयोजकमा डाक्टर निरज सिंह

MadhesKhabar

मधेस सरकारले शहीद परिवारको स्वास्थ्य बीमा गर्ने

MadhesKhabar

वीरगन्ज :लजको कोठाभित्र एउटै पंखामा झुण्डिएको अवस्थामा भारतीय दम्पतिको शव फेला

MadhesKhabar

Leave a Comment