Madhes Khabar
स्वास्थ्य

चिकित्सक संघको मधेस प्रदेश संयोजकमा डाक्टर निरज सिंह

वीरगन्ज,२४फाल्गुनःवीरगन्जका चिकित्सक डाक्टर निरज कुमार सिंहको संयोजकत्वमा नेपाल चिकित्सक संघको मधेस प्रदेश कमिटि गठन गरिएको छ ।जनकपुरमा सम्पन्न चिकित्सक संघको मधेस समिटबाट डाक्टर सिंहको संयोजकत्वमा १३ सदस्यिय मधेस प्रदेश कमिटी गठन गरिएको हो ।डाक्टर सिंह चिकित्सक संघका केन्द्रिय उपाध्यक्षपनि हुन् ।

नवगठित संघको मधेस प्रदेश कमिटिको उपाध्यक्षमा नेपाल चिकित्सक संघ लहान शाखाका अध्यक्ष डा. सुभाष चौधरी र सचिवमा संघको जनकपुर शाखाका अध्यक्ष डा. रामजी यादवले जिम्मेवारी पाएका छन् । यस्तै सहसचिवमा डा. काली प्रसाद यादव र कोषाध्यक्षमा नारायणी शाखाका सचिव डा. नौसाद हक चयन भएका छन् ।

यस्तै सदस्यमा नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ता, बारा जिल्ला प्रतिनीधि डा. मनोज यादव, रौतहटका डा. कौशर आलम, महोत्तरीका डा. आरती साह, लहान शाखाका डा. ओमप्रकाश चौधरी, सगरमाथा शाखा सचिव डा. सन्तोष यादव, जनकपुर शाखा सचिव डा. रामज्ञान यादव, सर्लाहीका डा. गुनेश्वर झा रहेका छन् ।

Related posts

वीरगन्ज रक्तसञ्चार केन्द्रलाई राउन्ड टेबल नेपालद्वारा फ्रिज सहयाेग

MadhesKhabar

सिएमए संघ पर्साकाे नयाँ कार्यसमिति चयन

MadhesKhabar

नारायणी अस्पतालका नयाँ मेसु दासले आजदेखि कार्यभार सम्हाले, प्रभावित सेवाहरु अब सुचारु हुने

MadhesKhabar

Leave a Comment