Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जमा फैलियो हैजाको महामारी

वीरगन्ज,६ भदौं :पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली टोलमा हैजा(कोलेरा)को महामारी फैलिएको छ ।झाडापखाला लागेर उपचारका लागि अस्पातालमा भर्ना भएका मुर्लीका ३० जना बिरामीमध्ये तीन जनामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।उनका अनुसार,मुर्लीका दुई जना पुरुष र एक जना महिलामा हैजा पुष्टि भएको हो ।

मुर्लीका १६ वर्षीय बालक, २४ वर्षीय युवक र २४ वर्षीय महिलामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।झाडापखाला लागेर उपचारका लागि वीरगन्जको तराई हस्पिटलमा मुर्ली टोलका ३० जना बिरामी भर्ना भएका थिए ।त्यसपछि महामारी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंबाट टेष्ट कीट मगाएर शुक्रबार परीक्षण गरिएकोमा ती मध्ये ३ जनामा हैजा पुष्टि भएको ठाकुरले बताए ।तीमध्ये १६ वर्षीय बालकको अवस्था सिकिस्त रहेको उनले जानकारी दिए।

ठाकुरका अनुसार,मुर्ली टोलमा हैजाको महामारी फैलिएको पुष्टि भएपछि स्वास्थ्य कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखासंग समन्वय गरेर स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरेको छ ।उक्त टोलीले मुर्लीका शंकास्पद घरहरुमा पुगेर खानेपानीको नमूना संकलन गरिरहेको ठाकुरले बताए।यससंगै महामारी रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमहरुपनि सञ्चालन गरिरहेको ठाकुरले जानकारी दिए ।

आँफु स्वास्थ्य कार्यालय पर्सामा आएको १० वर्ष यता पहिलो पटक पर्सा जिल्लामा हैजाको महामारी देखिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।

ठाकुरका अनुसार, हैजा भिब्रियो कोलरी नामक जीवाणुबाट लाग्ने रोग हो ।उक्त जीवाणु खाना वा पानीको माध्यमबाट मानिसको शरिरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्छ ।हैजाको लक्षणहरु झाडापखाला लाग्ने, ज्वरो आउने,बान्ता हुने,पेट दुख्ने,आँखा गाडिने,मांशपेसी दुख्ने लगायतका रहेका छन् ।हैजा लागेको बिरामीको सही समयमा उपचार गरिएन भने मृत्यु समेत हुने गरेको छ ।

हैजाबाट जोगिने उपयायहरु निर्मलीकरण गरेको पानी मात्र पिउने वा पानी उमालेर मात्र पिउने, हरियो सागपात वा तरकारी उमालेको पानीबाट पखालेपछि मात्र पकाएर खाने, बासी खाना नखाने, राम्ररी नपकाएको माछा र मासु नखाने,साबुनपानीले पटक–पटक हातखुट्टा राम्रोसँग धुने,खानका लागि प्रयोग गर्ने भाडाहरु राम्रोसँग सफा गर्ने,सफा शौचालयको प्रयोग गर्ने लगायतका रहेको ठाकुरले जानकारी दिए ।

 

Related posts

विदेश पठाउन दिएकाे रकम फिर्ता नगर्ने एजेन्टलाई बन्धक बनाएर राखेका ४ जना वीरगन्जमा पक्राउ

MadhesKhabar

काँग्रेस केन्द्रिय सदस्य रमेश रिजाल चौथो पटक बने सांसद

MadhesKhabar

बारामा यसबर्ष करिब १० अर्ब बढीको दलहन उत्पादन

MadhesKhabar

Leave a Comment