Madhes Khabar
कृषि हेडलाइन

बारामा यसबर्ष करिब १० अर्ब बढीको दलहन उत्पादन

फाइल तस्बिर ।

बारा,२४बैशाखःबारामा यस बर्ष करिब १० हजार मेट्रिकटन दलहन(मसुरो, रहर,खेसारी ईत्यादि) उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहका अनुसार , बाराका जिल्लामा यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेती गरी १० अर्ब बराबरको कूल १० हजार ३५ मेट्रिकटन दलहन उत्पादन गरेका हुन् ।

किसानले उत्पादन गरेका दलहन (मसुरो, रहर इत्यादी) बजारमा प्रतिक्विन्टल १० हजार रुपैयाँको दरले बिक्रीवितरण भइरहेको जानकारी दिदै उनले भने,‘ यो भाउ अनुसार बारामा यसबर्ष जिल्ला भरका किसानले १० अर्ब ३० करोड ५० लाख रुपैयाँभन्दा बढीको दलहन उत्पादन गरेको पुष्टि हुन्छ ।

साहका अनुसार, बारामा यसबर्ष कूल ११ हजार ४५० हेक्टर क्षेत्रफलमा मसुरो, रहरलगायतको दाल खेती गरिएको थियो । यस्तै गतवर्ष भने बारामा ११ हजार ६५० हेक्टर क्षेत्रफलमा दलहन खेती गरिएकोमा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ।

Related posts

मधेसी शहिदकाे अपमान गर्ने जसपालाई जनताले ब्यालेटबाट जवाफ दिनेछन् : अजय चाैरसिया

MadhesKhabar

वीरगन्जमा छठको ब्रत गर्ने महिलाहरुलाई नयाँ लुगाकपडा र पूजन सामग्री वितरण

MadhesKhabar

टिकटकमा भएको चिनजानले वीरगन्जकी सुमनालाई बनायो ‘घर न घाटको’

MadhesKhabar

Leave a Comment