Madhes Khabar
स्वास्थ्य

अवैध रुपमा चलेका १७ वटा निजी अस्पताल मधेस सरकारले बन्द गरायो

जनकपुर,८फागुनःमधेस प्रदेशका जनकपुर, वीरगन्ज, बर्दिबास र लालगढमा दर्ताबिनै सञ्चालनमा रहेका १७ वटा निजी अस्पताललाई प्रदेश सरकारले बन्द गराएको छ । त्यस्ता अस्पताललाई बन्द गरी सरकारी प्रक्रियामा आउन प्रदेश सरकारले निर्देशन पनि दिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका ४० निजी अस्पतालको छड्के निरीक्षण गरेका थिए । त्यसमध्ये १५ वटा अवैध रहेको खुलेको छ ।

मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार सरकारी मापदण्ड पूरा नगरेका जनकपुरका १५ वटा निजी अस्पतालमा ताला लगाइएको छ । ठाकुरले जनकपुरका १६ वटा निजी अस्पतालले नवीकरण नगरी सञ्चालन गरिरहेको पाइएको बताए । ’छड्के गरिएका जनकपुरका ९ वटा निजी अस्पतालको भने सबै प्रक्रिया दुरुस्त देखिए,’ उनले भने, ’दर्ता नरहेका अस्पताललाई बन्द गरिएको छ भने नवीकरणबिना सञ्चालनमा रहेका अस्पताललाई प्रक्रियामा आउन भनिएको छ ।

यस्तै, मुख्यमन्त्री सिंहले बुधबार वीरगन्जकापनि ७ वटा निजी अस्पतालको छड्के निरीक्षण गरेका थिए । जसमध्ये दर्ताबिना नै सञ्चालनमा रहेको नेपाल इन्डो हस्पिटल एन्ड आई सेन्टरलाई बन्द गरिएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए । उनका अनुसार वीरगन्जमा छड्के गरिएका ७ अस्पतालमध्ये १ बन्द गरिएको र दुईवटा निजी अस्पतालले नवीकरण नगराएको भेटिएको छ ।

मधेस सरकारले महोत्तरीको बर्दिवास र धनुषाको लालगढका रहेका निजी अस्पतालको पनि छड्के अनुगमन गरेको छ । लालगढमा रहेका दुई निजी अस्पतालमध्ये लालगढ हेल्थ केयरको दर्ता नरहेकाले बन्द गरिएको र बर्दिवासको सिटी केयर अस्पतालले नवीकरण नगराएको भेटिएको ठाकुरले जानकारी दिए ।साभारः कान्तिपुर

Related posts

नारायणी अस्पतालमा क्याथ ल्याब सञ्चालनको तयारी,डाक्टरहरुले बिएचसी हस्पिटलमा गरे अवलोकन

MadhesKhabar

वीरगंजको नगवामा सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरणबारे अभिमुखीकरण

MadhesKhabar

सीडीओ आँफेले खोप खाएर पर्सामा सुरु गरे `हैजाविरुद्धको खोप अभियान´

MadhesKhabar

Leave a Comment